अवरुद्ध बेनी–जोमसोम सडक सुचारु « Khabarhub

अवरुद्ध बेनी–जोमसोम सडक सुचारु


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बेनी – पहिरो र बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको छ । शनिबार दिउँसोदेखि आएको भारी वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित घट्टेखोलामा रहेको कल्भर्ट पुल भासिएको थियो भने नौनीबगर र गुइँठेमा पहिराले सडक पुरिएपछि आज दिनभर सडक अवरुद्ध बनेको थियो ।

भासिएको कल्भर्ट पुललाई अस्थायी मर्मत गरिएको र ठाउँठाउँमा खसेको पहिरो डोजर परिचालन गरेर मर्मत गरेपछि साँझदेखि सडक पुनः सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए । उनका अनुसार गुइँठेमा पहिराले एउटा गाडी आंशिकरूपमा पुरिएको थियो ।

बाढी र पहिराले क्षतिग्रस्त सडकका कारण दिनभर सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्ने सवारी साधनहरू दिनभर रोकिएका थिए । अवरुद्ध सडक मर्मतसँगै सवारी साधनहरू गन्तव्यतर्फ लागेको आयोजनाका सुपरभाइजर शेरचनले बताए ।

अवरुद्ध सडकलाई सञ्चालन गर्न बिहानदेखि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, वडाअध्यक्ष ओमबहादुर फगामीसमेत समन्वयका लागि खटेका थिए । दैनिकजसो वर्षा हुन थालेपछि बेनी–जोमसोम सडकखण्डमा बाढी र पहिराले सडक अवरुद्ध हुने जोखिम बढेकाले सडकको अवस्थाबारे सूचना लिएर मात्रै आवतजावत गर्न गाउँपालिका अध्यक्ष पुनले आग्रह गरेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १० : १७ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी