बारामा मिटरब्याजका तीन हजार निवेदन « Khabarhub

बारामा मिटरब्याजका तीन हजार निवेदन


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बारा – जिल्ला प्रशासन कार्यालय बारामा अहिलेसम्म दुई हजार नौ सय २६ जनाले अनुचित लेनदेन (मिटरब्याजीको निवेदन) दर्ता भएका छन् ।

कोल्हवी नगरपालिका–९ बेलवाकी रञ्जिता चौधरी, पचरौता नगरपालिका–९ कुडवाकी जया चौधरी, आदर्श कोतवाल गाउँपालिका–६ की निर्माला कुसवाहा, कलैया उपमहानगरपालिका–३ का गेनालाल ठाकुर, श्यामबाबु सहनीलगायतका व्यक्तिले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले मिटरब्याजी विरोध अध्यादेशमार्फत कानून बनाई ठगी गर्ने साहुहरूलाई कारबाही गर्ने निर्णयबमोजिम पीडितहरूले न्यायका लागि प्रशासनमा निवेदन दर्ता गराएका राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका जिल्ला संयोजक श्रीचन्द्र चौधरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको जिल्ला प्रशासन कार्यालय मिटरब्याज पीडित सहायता कक्षका प्रमुख सुब्बा सनोज महतोले जानकारी दिए।

अधिकांश पीडितहरूले स्वयं आफैँ निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने काम गरेका थिए भने साझा जागरण अभियान कोल्हवीका पदाअिधकारीहरूको सहयोगमा ५५ जना पीडितले निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा आएको अभियानका संयोजक प्रकाश चौधरीले बताए ।

त्यसैगरी, जिल्लाभरिमा प्रचारप्रसार गरी महाअभियानको पहलमा करिब एक हजार दुई सय निवेदन जिल्ला प्रशासन कार्यालयमा पीडितहरूले निवेदन दर्ता गराएको महाअभियानका बारा संयोजक चौधरीले भने । गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको महाअभियानका संयोजक चौधरीले जानकारी दिए ।

पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको मिटरब्याज पीडित सहायताकक्षका प्रमुख सुब्बा महतोले जानकारी दिए ।

समयसीमा सकिसकेपछि निवेदनमाथि जाँचबुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने प्रजिअ नवराज सापकोटाले जानकारी दिए ।

अदालतमा विचाराधीन रहेको मुद्दा, फैसला भइसकेको मुद्दामा आयोगले अहिलेसम्म नबोलेको हुँदा त्यसको हकमा पनि आयोगकै निर्णय कुर्नुपर्ने बताउँदै पीडित र पीडकलाई पहिलो चरणमा वार्ताको प्रयासको थालनी पनि हुन सक्ने प्रजिअ सापकोटाले उल्लेख गरे ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १० : ५४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल