आजको मौसमः सबै प्रदेशमा पानी पर्ने, बाढी र पहिरोको जोखिम | Khabarhub Khabarhub

आजको मौसमः सबै प्रदेशमा पानी पर्ने, बाढी र पहिरोको जोखिम


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार राति कोशी , मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले बाढी, पहिरो भू–क्षयको जोखिम रहेको छ।

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ०७ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ