साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने « Khabarhub

साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको १४औँ संस्करण आजबाट सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपालले बलियो टोली कुवेतको सामना गर्नेछ ।

खेल भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

नेपाल कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न योजनामा रहेको छ । तर, बलियो टोली कुवेतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागित रहेको छ । नेपाल रहेको समूह ए मा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् भने समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

८ टोलीमध्ये कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्नेछन् ।

नेपालले दोस्रो खेलमा असार ९ गते आयोजक भारतसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : २७ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी