साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने « Khabarhub

साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको १४औँ संस्करण आजबाट सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपालले बलियो टोली कुवेतको सामना गर्नेछ ।

खेल भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ ।

नेपाल कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न योजनामा रहेको छ । तर, बलियो टोली कुवेतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागित रहेको छ । नेपाल रहेको समूह ए मा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् भने समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

८ टोलीमध्ये कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्नेछन् ।

नेपालले दोस्रो खेलमा असार ९ गते आयोजक भारतसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : २७ बजे

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

नयाँदिल्ली– बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म