सहयोगका लागि महावाणिज्यदूतावासको अपिल « Khabarhub

सहयोगका लागि महावाणिज्यदूतावासको अपिल


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरेबियामा जरिवाना तिर्न नसकेर अलपत्र परेका एक नेपालीका लागि महावाणिज्यदूतावासले सहयोग गर्न त्यहाँ कार्यरत नेपाली समुदायलाई अपिल गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१६ देखि साउदी पुगेका नेपाली नागरिक दुर्गाबहादुर सुनार सोही वर्ष सवारी दुर्घटनामा परेको र ट्राफिक विवरण अनुसार साउदी निकायले निजको गल्ती रहेको ठहराउँदै प्राइभेट राइट्स अन्तर्गत साउदी रियाल ६५ हजारको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने गरी फैसला सुनाइएको थियो।

फैसला पछि महावाणिज्यदूतावासले रोजगारदातालाई भेटी पटक पटक जरिवाना रकम तिरिदिन अनुरोध गरेकोमा रोजगारदाताले आफू रकम तिर्न सक्ने आर्थिक हैसियतमा नरहेको बताएका छन्।

यस सम्बन्धमा महावाणिज्यदूतावासले पटक पटक साउदी सरकारका विभिन्न निकायहरूमा लेखापढी तथा बैङ्कहरू मार्फत प्रयास गरे तापनि उनको गल्ती देखाउँदै जरिवाना मिनाहा हुन नसक्ने जानकारी दिएका छन्।

महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो पक्षले साउदी रियाल ४५ हजार जरिवाना तिरे बाँकी साउदी रियाल २० हजार मिनाहा गरिदिने जनाएको छ।

सो घटनामा तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा दोस्रो पक्षहरुलाई चोटपटक र सवारी साधनमा क्षति भएको थियो। सुनार विगत डेढ वर्षदेखि महावाणिज्यदूतावासको सेल्टरमा बस्दै आएका छन्।

उनले चालक अनुमतिपत्र विना सवारी साधन चलाएको तथा सो बखत सवारी साधनको बीमा पनि नरहेको एवम् उनले आफ्नै इच्छाले रोजगारदाताको अनुमतिविना सवारी साधन चलाएकाले रोजगारदातालाई कानूनीरूपमा जरिवाना तिर्नका लागि हकदार बनाउन मिल्ने अवस्था नरहेको फैसलामा उल्लेख छ ।। 

यसैबीच, महावाणिज्यदूतावासले सहयोग गर्न इच्छुक महानुभावहरूले महावाणिज्यदूतावासको ह्वाट्स ग्रुप ‌००९६६ (०)५३५१५०४०७ मा सम्पर्क गरी पीडित सुनारलाई सहयोग गर्न चाहेको रकम एवम् संस्थागत सहयोग वा व्यक्तिगत सहयोग भए सोही अनुसारको जानकारी गराइदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ४७ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा