सहयोगका लागि महावाणिज्यदूतावासको अपिल « Khabarhub

सहयोगका लागि महावाणिज्यदूतावासको अपिल


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरेबियामा जरिवाना तिर्न नसकेर अलपत्र परेका एक नेपालीका लागि महावाणिज्यदूतावासले सहयोग गर्न त्यहाँ कार्यरत नेपाली समुदायलाई अपिल गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१६ देखि साउदी पुगेका नेपाली नागरिक दुर्गाबहादुर सुनार सोही वर्ष सवारी दुर्घटनामा परेको र ट्राफिक विवरण अनुसार साउदी निकायले निजको गल्ती रहेको ठहराउँदै प्राइभेट राइट्स अन्तर्गत साउदी रियाल ६५ हजारको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने गरी फैसला सुनाइएको थियो।

फैसला पछि महावाणिज्यदूतावासले रोजगारदातालाई भेटी पटक पटक जरिवाना रकम तिरिदिन अनुरोध गरेकोमा रोजगारदाताले आफू रकम तिर्न सक्ने आर्थिक हैसियतमा नरहेको बताएका छन्।

यस सम्बन्धमा महावाणिज्यदूतावासले पटक पटक साउदी सरकारका विभिन्न निकायहरूमा लेखापढी तथा बैङ्कहरू मार्फत प्रयास गरे तापनि उनको गल्ती देखाउँदै जरिवाना मिनाहा हुन नसक्ने जानकारी दिएका छन्।

महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो पक्षले साउदी रियाल ४५ हजार जरिवाना तिरे बाँकी साउदी रियाल २० हजार मिनाहा गरिदिने जनाएको छ।

सो घटनामा तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा दोस्रो पक्षहरुलाई चोटपटक र सवारी साधनमा क्षति भएको थियो। सुनार विगत डेढ वर्षदेखि महावाणिज्यदूतावासको सेल्टरमा बस्दै आएका छन्।

उनले चालक अनुमतिपत्र विना सवारी साधन चलाएको तथा सो बखत सवारी साधनको बीमा पनि नरहेको एवम् उनले आफ्नै इच्छाले रोजगारदाताको अनुमतिविना सवारी साधन चलाएकाले रोजगारदातालाई कानूनीरूपमा जरिवाना तिर्नका लागि हकदार बनाउन मिल्ने अवस्था नरहेको फैसलामा उल्लेख छ ।। 

यसैबीच, महावाणिज्यदूतावासले सहयोग गर्न इच्छुक महानुभावहरूले महावाणिज्यदूतावासको ह्वाट्स ग्रुप ‌००९६६ (०)५३५१५०४०७ मा सम्पर्क गरी पीडित सुनारलाई सहयोग गर्न चाहेको रकम एवम् संस्थागत सहयोग वा व्यक्तिगत सहयोग भए सोही अनुसारको जानकारी गराइदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ४७ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज