बाढीपहिरोले खानेपानीको मुहान बगाउँदा समस्या « Khabarhub

बाढीपहिरोले खानेपानीको मुहान बगाउँदा समस्या


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ ।  निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पुर्‍याउँदा सर्वसाधारणले दूषित खानेपानी पिउन बाध्य छन् ।

खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधारणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले शुद्ध पानी खान समस्या भएको स्थानीयवासीको भनाइ छ ।

बाढीपहिरोले खानेपानीको  मुहान अङ्गुवा खोला र थाढे खोलाको मुहानमा ३० भन्दा धेरै ठाउँमा पहिरोले क्षति पुर्‍याएकाले  खानेपानीको समस्या आएको थाढे खोला खानेपानी  तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्माराज लिम्बूले बताएका छन् । उनले भने ‘अहिले खानेपानी वितरण पूर्णरुपमा बन्द भएको छ । खानेपानीको मुहान बगाएको छ । केही खानेपानीका संरचरनामा पूर्णरुपमा क्षति गराएकाले अहिले खानेपानी आपूर्तिमा समस्या भएको छ ।’

बाढीपहिरोले सुरुम खिमका केराबारी, बुरुमखिम र टारी विभिन्न खानेपानीको पाइप बगाउँदा करिब दुई सय ९० घरपरिवार खानेपानीबाट  प्रत्यक्ष प्रभावित भएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले बताए । मेरिङदेन गाउँपालिकासमेत खानेपानीको समस्या हुँदै आएको छ ।

 खानेपानी आयोजनाको संरचना बाढीपहिरोले बगाएपछि खाने पानीको समस्या भएको गाउँपालिकाले जनाएको छ । खानेपानीको पाइप, मुहान तथा ट्याङ्कीसमेत बगाउँदा ७४ घरपरिवार खानेपानीबाट वञ्चित भएको मेरिङदेन गाउँपालिकाका विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : २९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार