दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

केप टाउन– दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर)  क्षति पुग्न सक्ने आँकलन गरिएको छ।

स्थानीय  सञ्चार माध्यमका  अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र  १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ।  यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण सङ्कलन  भइरहेको जनाएका छन् ।

 ‘दुर्भाग्यवश बाढीमा दुई जनाले ज्यान गुमाएका छन्। हामी हराएकाहरूका प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। प्रत्येक जीवन गुमाउनु दुःखद हो,’ उनले प्रान्तीय सरकारको वेबसाइटलाई उद्धृत गर्दै भनेका छन् ।

जुन १४ र जुन १९ बीचको भारी वर्षाको कारण दक्षिण अफ्रिकाको दक्षिणी प्रान्त पश्चिमी केपका केही क्षेत्रहरूमा ठूलो बाढी निम्त्याएको छ। गत हप्तादेखि आएको बाढीमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा नदी पार गरेर यात्रा गर्ने र जोखिमयुक्त सडकमा नजान सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : २९ बजे

साल्पापोखरी चिनाउन महोत्सव

काठमाडौं– भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको सङ्गमस्थल साल्पापोखरी र सिलिचुङ

आमसञ्चारसम्बन्धी विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले आमसञ्चारसम्बन्धी विभिन्न विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछु : नेत्री राणा

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले पार्टी पदाधिकारीमा

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

बाँके- नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन,