संघीय व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

संघीय व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ : सभामुख घिमिरे


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले मुलुकको संघीय व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् ।

संघीय संसद सचिवालयले शुक्रबार काठमाडौंको चन्द्रागिरिमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तक्रिया उद्घाटन गर्दै सभामुख घिमिरेले आवश्यक कानून बनाउदै मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका हुन् ।

अहिले तीन तहको सरकार सहितको संघीय व्यवस्थालाई कार्यान्वयन गर्न विश्वका साथै नेपाली जनताले ठूलो आकांक्षाका साथ हेरिरहेको उनले बताए । सभामुख घिमिरेले संसदीय प्रणालीलाई थप मजबुत बनाउनका लागि केन्द्र तथा प्रदेशसभाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा राजनीतिक उपलब्धी भएपनि जनताले सुशासनको महशुसको अनुभूती गर्न पायो पाएन भन्ने कुरा महत्वपपूर्ण रहेको बताए ।

उनले संविधान बनेपछि पनि संघीयता चाहिदैन भन्ने आवाज उठिरहेको अवस्था संघीयता पक्षधरले यसको महत्व उजागर गर्नुपर्ने र व्यहारबाटै यसको महत्व पुष्टि गर्नुपर्ने उल्लेख गरे । संसद प्रभावकारी गर्नका लागि सभा सञ्चालन गर्नेले निष्पक्षतामा ध्यान दिनुपर्ने र सांसदहरुले पनि सिर्जनात्मक भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ छ ।

उनले सम्बन्धित निकायमा बसेकाहरुले जिम्मेवारपूर्वक काम गर्न सके जनताको विश्वास जित्न सकिने र समर्थन पाउन सकिने कुरा भूल्न नहुने जिकिर गरे ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ३० बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले