डुबेर दुई बालिकाको मृत्यु « Khabarhub

डुबेर दुई बालिकाको मृत्यु


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी लीला खप्तडीकी आठ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

शुक्रबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। दुवै बालिकाको दुल्लु अस्पतालमा शव परीक्षण गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ११ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले