स्वर्गीय गिरि बिपीपछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा « Khabarhub

स्वर्गीय गिरि बिपीपछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन् ।

स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उनले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताएका हुन् । 

‘उहाँ धेरै ठूलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ’, सभापति देउवाले भने। उनले गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उहाँले धेरै किताब लेखेर वौद्धिक विचार दिएको बताए ।

उनले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राखे । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ३ : ४५ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले