लिबियामा अलपत्र १७ भारतीय नागरिक स्वदेश फिर्ता « Khabarhub

लिबियामा अलपत्र १७ भारतीय नागरिक स्वदेश फिर्ता


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- ट्युनिसियास्थित भारतीय दूतावासले लिवियामा थुनामा रहेका पञ्जाब र हरियाणा राज्यका १७ जनालाई सकुशल स्वदेश फर्काएको जनाएको छ ।

ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिएको जानकारीमा भनिएको छ, “लिबियास्थित भारतीय दूतावासले पञ्जाब र हरियाणाका १७ जना भारतीय नागरिकलाई आइतबार सकुशल स्वदेश फर्काएको छ । २० अगस्ट २०२३ मा गल्फ एयरको उडानबाट उनीहरू २०ः३० बजे सकुशल भारत पुगेका थिए ।”

आम आदमी पार्टी (आप) का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार ट्राभल एजेन्टले इटाली पठाइदिने भन्दै ठगी गरेका कारण उनीहरु विगत छ महिनादेखि लिबियामा थिए ।

सामाजिक सञ्जाल एक्समा विक्रमजीत सिंह साहनीले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र हरियाणाका मुख्यमन्त्री मनोहर लाललाई इटाली जाने योजना बनाएका तर लिबिया पठाइएका यी युवाहरूलाई ठग्ने एजेन्टहरूविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ६ : ४९ बजे

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको