एमालेले डाक्यो सचिवालय बैठक « Khabarhub

एमालेले डाक्यो सचिवालय बैठक


४ भदौ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठक काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए ।

“उक्त महाविधेशनबाट पार्टीले निरङ्कुश राजतन्त्रको विरुद्ध कम्युनिष्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो । सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन भण्डारीको नेतृत्वमा कार्यान्वयन गरिएको थियो”, उनले भने, “महाधिवेशन भएको ऐतिहासिक ठाउँको महत्त्व दर्शाउन यसपटक सिराहामा सचिवालय बैठक गर्ने निर्णय गरेको हौँ ।”

तत्कालीन मालेको चौथो महाधिवेशन विसं २०४६ भदौ ९ देखि १४ गतेसम्म विष्णुपुरकट्टीमा भएको थियो । सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए । महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेले सोही ठाउँमा पार्टीको सचिवालय बैठक राखेको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ७ : १३ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत