रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल | Khabarhub Khabarhub

रोजगारी सिर्जना गर्नुनै सरकारको मुख्य काम : मुख्यमन्त्री जम्कट्टेल


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उनले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताए ।

“श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति बनाइएको हो”, उनले भने । प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडेलमा रहेर १४ वटा पकेट क्षेत्र बनाई २० हजार किसान समेट्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिलालाई पनि श्रममा जोडेर लैजाने सरकारको नीति रहेको बताए। त्यस्तै, युवा क्षमता विकासका कार्यक्रम र दक्ष जनशक्ति बनाई वैदेशिक रोजगारका लागि सक्षम बनाउन सरकार लागी पर्ने उनको भनाइ थियो ।

उनले आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सुरक्षा कोषमा सबै अनौपचारिक श्रमिक र औपचारिक श्रमिकलाई समेट्ने बताए । “श्रम ऐन लचिलो हुनुपर्छ, तर अहिले त्यस्तो छैन ऐनमा केही विवादित अवस्था पनि छ”, मुख्यमन्त्री जम्कट्टेलले भने । श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उनले जानकारी दिए ।

कार्यक्रममा प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले श्रम बजार र श्रमिकलाई बलियो बनाउन नीतिले भूमिका खेल्ने बताए । सीप विकासको क्षमता बढाउनुका साथै विश्व बजारमा श्रमिकलाई प्रतिस्पर्धी बनाउन नीतिले महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । उनले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन थप कार्यालय विस्तार गरिनुका साथै सूचना प्रविधिमैत्री बनाइने जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ९ : ५६ बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य