चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै « Khabarhub

चीन आफ्ना नागरिकलाई जासुसीका निम्ती उक्साउँदै


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वाह्य मुलुकको प्रभावलाई नियन्त्रण गर्न भन्दै चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्ना नागरिकलाई प्रतिजासुसी गतिविधिमा संलग्न हुन निर्देशन दिएको छ । पछिल्लो समय चीनमा गत जुलाईबाट नयाँ प्रतिजासुसी कानून लागू गरिएको छ । यसअनुसार प्रतिजासुसी गतिविधिमा संलग्न हुने नागरिकलाई प्रोत्साहनको व्यवस्था पनि गरिएको छ । त्यसबाहेक राष्ट्रपति सी जिन्पिङले आफ्ना नागरिकलाई एक अर्काविरुद्ध जासुसी गर्न बारम्बार आह्वान गर्दै आएका छन् ।

यसअनुसार चिनियाँ राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनाको सम्प्रेषण गर्न बन्देज लगाइएको छ भने राष्ट्रिय सुरक्षा तथा जासुसीको परिभाषालाई पनि विस्तार गरिएको छ । विदेशी नागरिक वा संस्थाहरूसँगको चिनियाँको साँठगाँठ, तिनले उक्साएको वा आर्थिक सहयोग उपलव्ध गराएको विदेशी वा स्वदेशी संस्था वा व्यक्तिहरूसँग मिलेर काम गरेकोमा दोषी ठहर गर्न सकिने, राज्यको गोप्य सूचना, तथा अन्य संवेदनशील विषय चोर्न, खोज्न वा प्राप्तिका लागि सङ्गठित संस्था वा व्यक्ति पनि लाग्नसक्ने भएकाले तिनमाथि पनि नजर राख्नु पर्ने व्यवस्था गरिएको छ । अनुसन्धानकर्ताले अब सम्बन्धित व्यक्ति र संस्थामाथि छानविन गर्न पाउनेछन् ।

चीनले जासुसीको आरोपमा बेलाबेला चिनियाँ र विदेशी नागरिकहरुलाई पक्राउ गर्दै आएको छ । गत मार्च महिनामा जापानी औषधि कम्पनी एस्टेलास फर्माका कार्यकारी पक्राउ परेका थिए भने अस्टे«लियन पत्रकार चेङ लेईलाई पनि जासुसीकै आरोपमा पक्राउ गरिएको छ ।
अमेरिकाले भने चीनको नयाँ प्रतिजासुसी अभियानप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकाले चीनमाथि साइबर आक्रमण र जासुसीको आरोप लगाउँदै आएको छ ।

चीन सरकारले आफ्ना नागरिकलाई जासुसी गर्न प्रोत्साहन गर्दै आएको छ । चिनियाँ राष्ट्रिय सुरक्षामन्त्री चेन यिशीनका अनुसार चीनले राष्ट्रिय सुरक्षाका निम्ति राजनीतिक सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

त्यसबाहेक पर्यटक, विद्यार्थी र कामदारका रुपमा विदेश भ्रमणमा जाने चिनियाँ नागरिकहरु पनि जासुसी गतिविधिमा सक्रिय रहेको पाइन्छ । चीनले आफ्ना नागरिकलाई पर्यटक, विद्यार्थी र कामदारको भेष्मा जासुसीका लागि पठाएको भन्दै आलोचना पनि हुँदै आएको छ ।

सन् २०११ मा भारतीय सैन्य शिविरको तस्वीर लिइरहँदा तीन जना चिनियाँ पर्यटकहरु पक्राउ परेका थिए । भारतीय अधिकारीले उनीहरुसँग वैध राहदानी र भिसा नभएको जनाएका थिए । अनुसन्धानबाट उनीहरु चिनियाँ प्रविधि कम्पनी हुवावेमा कार्यरत रहेको पाइएको थियो ।

सन् २०११ मा नै एक जना चिनियाँ महिलाले भारतीय सैन्य गतिविधि, रक्षा उपकरणको प्रयोग, विदेश नीति एवम् अन्य संवेदनशील सूचना चीन पठाउने गरेको खुलासा भएको थियो । चिङ शी नाम गरेकी ती महिलाले भारतमा दुई कम्पनी स्थापना गरी जासुसी गरेको भारतीय अधिकारीले आरोप लगाएका थिए ।

सन् २०२२ मा भारतमै जासुसीको आरोपमा सोङ सिआओलान नाम गरेका चिनियाँ पर्यटक पक्राउ परेका थिए । बोध गयामा पक्राउ परेका उनी जासुस रहेको र उनले तिब्बती धर्मगुरु दलाई लामाको सुरक्षामा जोखिम उत्पन्न गरेको भारतीय सुरक्षा अधिकारीको ठहर छ ।

हालै पर्यटकको भेषमा रहेका चिनियाँ जासुसले अमेरिकाको अलास्कामा रहेको फोर्ट वायनराइट सैन्य आधारमा घुसपैठको प्रयास गरेका थिए । उनीहरुको साथमा ड्रोनसमेत रहेको पाइएको छ । उनीहरुले त्यहाँ राखेको उपकरणबाट संवेदनशील जानकारी हासिल गर्न सकिने अमेरिकी सेनाका पूर्ववरिष्ठ अधिकारी डेभिड डेम्टुलाले जनाएका छन् ।

त्यस्तै, केही समयअघि हङकङमा जारी चिनियाँ दमनबारे बेलायतको संसदीय समितिमा सुनुवाइ भइरहँदा एक जना चिनियाँ पर्यटक बैठक कक्षमा देखा परेका थिए । हङकङका मानवअधिकारवादी अभियन्ता फिन लाउले ती व्यक्ति चिनियाँ जासुस रहेको भनी दाबी गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : ०० बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको