भ्रष्टाचार र बेथितिविरुद्धको लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री « Khabarhub

भ्रष्टाचार र बेथितिविरुद्धको लडाइ सुरु भइसक्यो : प्रधानमन्त्री


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताएका छन् ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध एक्सन चालिएको बताए ।

वर्तमान सरकारको प्रभावकारी कदमले जनतामा आशा जगाएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले भने, “परिवर्तनको तागत लिएर आएको माओवादीको बिरासत कमजोर छैन । जब सुशासनको पक्ष र भ्रष्टाचार विरुद्ध सरकारले आफ्नो एक्सन चालेर देखाइदिएपछि अहिले जनताले माओवादीप्रति विश्वास बढेको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणका दोषीमाथि भएको कारबाहीले सरकार के गर्दैछ भन्ने प्रष्ट्याइसकेको छ ।”

क्रान्ति एवं आन्दोलनमा हरेक पटक परीक्षा दिनुपर्ने इतिहास बिर्सन नहुने बताउँदै प्रधानमन्त्री दाहालले भने, “पासपोर्ट, इजाजतलगायत थुप्रै समस्यामा सरकारले आफ्नो अभिभावकत्व प्रदान गरेको छ । विदेशमा भएका लाखौँ नेपालीको भविष्य सुरक्षित गर्न उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ । अहिले नै साढे तीन लाख विदेशमा रोजगारका लागि गएका श्रमिकहरु लाभान्वित भएका छन् ।”

उनका अनुसार ४० देखि ५० लाखलाई आबद्ध गराउन लागिएको यो कार्य नै सामाजिक न्याय हो । सयौँ भनाइ भन्दा राम्रो कम गर्नु नै शक्तिशाली हुने बताउँदै उनले अब विदेशमा रहेका ४० देखि ५० लाखलाई कोषमा आबद्ध गराएर सामाजिक न्याय दिइने उनले दाबी गरे।

कसैको दबाब, करकापमा काम नगरिने र जनताको पक्षमा काम गर्नेहरुले कहिले नहार्ने उनको भनाइ थियो । सरकारले थालेको एक्सन ललिता निवासको जग्गा जनताको हातमा पार्ने अभियान भएकाले गलत गर्नेहरुको कोही आफ्नो कोही पराई नहुने उनले बताए ।

प्रधानमन्त्री दाहालका अनुसार लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु भनेकै समाजवाद निर्माणको थालनी हो । समाजवादको धरातल निर्माण गर्ने अभियान भनेकै सुरक्षा कोषको सञ्चालन हो ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : १९ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको