प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रहरी श्रीमती सङ्घको ३९औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्रहरी सङ्गठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च राख्न सङ्घको समेत सक्रिय भूमिका रहेको बताएका हुन् । । समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती सङ्घले पु¥याएको योगदानको प्रशंसनीय रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सबै संस्थालाई एकीकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर समृद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको बताए।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले राष्ट्रसेवकको सहचरीका रूपमा सहधर्मिणीहरूको एकताको प्रतीक र सङ्गमस्थलको रूपमा सङघले थप ऊर्जाशील भएर सेवाका नवीन क्षेत्रको पहिचान गरी आफ्नो दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सङ्घले सामाजिक क्षेत्रमा पु¥याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा सङ्घले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बनाउँदै समाजलाई सुदृढ रूपमा अगाडि बढाउन क्रियाशील भूमिका रहने विश्वास व्यक्त गरे ।

सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको सङ्घ लाग्ने बताए ।

सोही अवसरमा गृहमन्त्री श्रेष्ठले तिलगङ्गा आँखा अस्पतालका संस्थापक डा सन्दुक रुइतलगायतलाई विभिन्न विधामा योगदान पु¥याउनेलाई सम्मान गरेका थिए । साथै उनले श्रीमती सङ्घद्वारा प्रकाशित वार्षिक स्मारिका ‘सहचरी–२०८०’ को विमोचन गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : ५० बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको