प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी बनाउन श्रीमती सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रहरी श्रीमती सङ्घको ३९औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्रहरी सङ्गठनलाई अझ प्रभावकारी बनाई प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च राख्न सङ्घको समेत सक्रिय भूमिका रहेको बताएका हुन् । । समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती सङ्घले पु¥याएको योगदानको प्रशंसनीय रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न क्षेत्रमा समाज सेवामा भूमिका निर्वाह गर्ने सबै संस्थालाई एकीकृत गर्दै आपसी सहयोगका साथै ज्ञान, सीपको प्रयोग गरेर समृद्ध समाज निर्माण गर्ने नीति तय गर्दै सकारात्मक कदम चाल्नेतर्फ छलफल भइरहेको बताए।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले राष्ट्रसेवकको सहचरीका रूपमा सहधर्मिणीहरूको एकताको प्रतीक र सङ्गमस्थलको रूपमा सङघले थप ऊर्जाशील भएर सेवाका नवीन क्षेत्रको पहिचान गरी आफ्नो दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सङ्घले सामाजिक क्षेत्रमा पु¥याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा सङ्घले प्रवाह गर्ने सेवालाई अझ फराकिलो बनाउँदै समाजलाई सुदृढ रूपमा अगाडि बढाउन क्रियाशील भूमिका रहने विश्वास व्यक्त गरे ।

सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको सङ्घ लाग्ने बताए ।

सोही अवसरमा गृहमन्त्री श्रेष्ठले तिलगङ्गा आँखा अस्पतालका संस्थापक डा सन्दुक रुइतलगायतलाई विभिन्न विधामा योगदान पु¥याउनेलाई सम्मान गरेका थिए । साथै उनले श्रीमती सङ्घद्वारा प्रकाशित वार्षिक स्मारिका ‘सहचरी–२०८०’ को विमोचन गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : ५० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल