आज २०८० साल असोज ४ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल असोज ४ गते बिहीबारको राशिफल


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल असोज ४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेश:

मेष : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन : आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।

मीन : शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्नेछ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ५ : १० बजे

श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै

सुदूरपश्चिम– मानव सेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा

वर्तमान सरकारले संसद्कै अपमान गर्‍यो : सचिव पौडेल

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले ३१-३१

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर

काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युतराज कलौनीको बुवा

कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

महेन्द्रनगर – नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै