नागोर्नो-काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप | Khabarhub Khabarhub

नागोर्नो-काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जेनेभा– आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा मा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ । 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त आरोप लगाउँदै अजरबैजानले जातीय सफाया गरेर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको हो । 

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि आर्मेनियाका राजदूत एन्ड्रानिक होभानिस्यानले आफ्नो देशलाई पहिले नै नागोर्नो–काराबाख क्षेत्रमा जातीय सफायाको चेतावनी दिइएको बताउँदै उक्त क्षेत्रमा सामान्य द्वन्द्वमात्र नभएर मानवताविरुद्ध अपराध भएकाले त्यसैअनुरूप व्यवहार हुनुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ३ : १२ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा