नागोर्नो-काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप « Khabarhub

नागोर्नो-काराबाखमा जातीय सफाया भएको आर्मेनियाको आरोप


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जेनेभा– आर्मेनियाले नागोर्नो–काराबाख क्षेत्रमा मा अजरबैजानले ‘जातीय सफाया’ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ । 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकको पूर्वसन्ध्यामा बिहीबार जेनेभामा आर्मेनियाले उक्त आरोप लगाउँदै अजरबैजानले जातीय सफाया गरेर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएको हो । 

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि आर्मेनियाका राजदूत एन्ड्रानिक होभानिस्यानले आफ्नो देशलाई पहिले नै नागोर्नो–काराबाख क्षेत्रमा जातीय सफायाको चेतावनी दिइएको बताउँदै उक्त क्षेत्रमा सामान्य द्वन्द्वमात्र नभएर मानवताविरुद्ध अपराध भएकाले त्यसैअनुरूप व्यवहार हुनुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ३ : १२ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका