पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : माधव नेपाल « Khabarhub

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : माधव नेपाल


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताए ।

पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताए ।

उनले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुनसक्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गरे। उनले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे ।

पार्टीले विभिन्न प्रदेश, जिल्ला, क्षेत्रको सन्तुलित प्रतिनिधित्व गराउन नयाँ सदस्य थप गरी केन्द्रीय समिति विस्तार गरेको थियो । केन्द्रीय सदस्यमा अजबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौँ), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ  (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा), दीपक केसी, (काठमाडौँ), धनबहादुर कार्की (दोलखा) र धर्म शाही (मुगु) मनोनित गरिएको छ ।

पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा नन्द बञ्जाडे (काठमाडौँ), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुङ्गाना (काठमाडौँ), लंक हमाल  (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासीपूर्व),  शिवकुमारी खनाल (काठमाडौँ), शैलेन्द्र उपाध्याय (रूपन्देही) र सुदेश पराजुली (काठमाडौँ) केन्दीय सदस्यमा मनोनित गरिएको उल्लेख छ ।

त्यसैगरी पार्टीले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । सो पार्टीले धेरैजसो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्यूरो सदस्यलाई पनि जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरेको छ । पार्टीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ७ : २८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको