पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान « Khabarhub

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताए ।

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । ‘अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा ३६-३७ बिक्री केन्द्र सञ्चालमा छन्’, प्रमुख बस्नेतले भने, ‘पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।’

उनले केन्द्रले एक सय छ जना नयाँ कर्मचारी पदपूर्ति गरिसकेको जानकारी दिँदै चाँडै पुनःडिपो नै सञ्चालनमा आउनेमा आशावादी रहेको बताए। सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

‘अहिले बाजुराको कोल्टी डिपोमा पाँच सय क्विन्टल चामल मौज्दात छ’, बस्नतेले भने, ‘बाजुरामा एउटा बिक्री केन्द्र र एउटा शाखा कार्यालयसमेत सञ्चालित छ ।’ त्यसैगरी दार्चुलाको खण्डेश्वरी डिपोमा भने चामल अभाव देखिएको छ । त्यहाँ एक सय क्विन्टन मात्रै चामल मौज्दात रहेको छ ।

खण्डेश्वरी डिपोबाट वार्षिक दुईदेखि चार हजार क्विन्टलसम्म चामल खपत हुन्छ । चालु आवमा खण्डेश्वरीका लागि एक हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार ११ बिक्री केन्द्रसमेत रहेको दार्चुलाका लागि ११ हजार पाँच क्विन्टल चामल निर्धारण गरिएको छ । 

‘आवश्यताअनुसार चामल थप हुन्छ’, बस्नेतले भने, ‘आगामी चाडपर्वहरुका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने तयारी छ ।’ उनले चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने बताएका छन् ।

बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टल चामल खपत भएको थियो । ‘धान खरिद कैलाली र कञ्चनपुरबाट हुन्छ’, उनले भने, ‘वार्षिक ३० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्छ ।’

पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेल्धुरा, बझाङ, अछाम र दार्चुलालगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चामल निर्यात भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ७ : ४४ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत