पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान « Khabarhub

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताए ।

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । ‘अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी सात पहाडी जिल्लाका विभिन्न स्थानमा ३६-३७ बिक्री केन्द्र सञ्चालमा छन्’, प्रमुख बस्नेतले भने, ‘पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।’

उनले केन्द्रले एक सय छ जना नयाँ कर्मचारी पदपूर्ति गरिसकेको जानकारी दिँदै चाँडै पुनःडिपो नै सञ्चालनमा आउनेमा आशावादी रहेको बताए। सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।

‘अहिले बाजुराको कोल्टी डिपोमा पाँच सय क्विन्टल चामल मौज्दात छ’, बस्नतेले भने, ‘बाजुरामा एउटा बिक्री केन्द्र र एउटा शाखा कार्यालयसमेत सञ्चालित छ ।’ त्यसैगरी दार्चुलाको खण्डेश्वरी डिपोमा भने चामल अभाव देखिएको छ । त्यहाँ एक सय क्विन्टन मात्रै चामल मौज्दात रहेको छ ।

खण्डेश्वरी डिपोबाट वार्षिक दुईदेखि चार हजार क्विन्टलसम्म चामल खपत हुन्छ । चालु आवमा खण्डेश्वरीका लागि एक हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार ११ बिक्री केन्द्रसमेत रहेको दार्चुलाका लागि ११ हजार पाँच क्विन्टल चामल निर्धारण गरिएको छ । 

‘आवश्यताअनुसार चामल थप हुन्छ’, बस्नेतले भने, ‘आगामी चाडपर्वहरुका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने तयारी छ ।’ उनले चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने बताएका छन् ।

बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टल चामल खपत भएको थियो । ‘धान खरिद कैलाली र कञ्चनपुरबाट हुन्छ’, उनले भने, ‘वार्षिक ३० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्छ ।’

पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेल्धुरा, बझाङ, अछाम र दार्चुलालगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चामल निर्यात भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ७ : ४४ बजे

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

एजेन्सी– मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन

लाखौँ पन्छी मारेपछि आउँछ ‘बर्ड फ्लू’ नेगेटिभ रिपोर्ट, विज्ञ भन्छन्- मासु खाँदैमा मानिसमा सर्दैन

भारतसंग सीमा जोडिएका क्षेत्रमा बर्ड फ्लूको संक्रमण देखिएका बेला कैलालीमा

इरानले भन्यो : अमेरिकाले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्छ

तेहरान- इरानी नेतृत्वले वार्ता अघि नबढेको अवस्थामा अमेरिकाले जुनसुकै बेला

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते