राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राष्ट्रिय हित तथा सुरक्षामा चुनौती आउन सक्ने बताएका छन् ।

पार्टी निकट राष्ट्रिय हित तथा सुरक्षा विभागले आज आयोजना गरेको राष्ट्रिय हित तथा सुरक्षा विषयक अन्तक्र्रियामा उनले देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण बनाउनुपर्ने बताए ।

कुनै पनि मुलुकको दबाब र प्रभाव स्वीकार्य नहुने भन्दै उनले हस्तक्षेप न्यूनीकरण गर्न असंलग्न पञ्चशीलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले एमसिसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको रूपमा विकास गर्न केही पार्टीलाई प्रभावित गर्न खोजेको बताउँदै अनुगमन गर्दा व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए आफूहरूले सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे।

पृथ्वीनारायण शाहले राष्ट्रिय सुरक्षाका नीति बनाएर नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा स्थापित गरेको उनको भनाइ थियो । अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको राष्ट्रिय स्वार्थ र वैदेशिक नीतिलाई अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे । नेपालको भूमि कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने उनको भनाइ थियो ।

पार्टीका उपाध्यक्ष प्रमेश हमालले हस्तक्षेप न्यूनीकरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गरी विदेशबाट स्वार्थबिनाको सहयोग लिनुपर्नेमा जोड दिँदै देश र जनताका हितमा राष्ट्रिय नीति तर्जुमा गर्नुपर्ने बताए ।

विभागका प्रमुख पुष्पा कर्णले राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा संवेदनशील हुनुपर्ने भन्दै सैन्य गठबन्धन तथा सहयोग लिन नहुने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ८ : १४ बजे

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

दमौली– तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक

रास्वपा महाधिवेशनमा मोहीको क्रेज !

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागीहरूका लागि

रास्वपालाई क्रान्ति, सुशासन र रूपान्तरणमा हाम्रो समर्थन छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले क्रान्ति, परिवर्तन र