रास्वपालाई क्रान्ति, सुशासन र रूपान्तरणमा हाम्रो समर्थन छ : वर्षमान पुन « Khabarhub

रास्वपालाई क्रान्ति, सुशासन र रूपान्तरणमा हाम्रो समर्थन छ : वर्षमान पुन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । 

आइतबार चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा नेकपा रास्वपासँग नजिक रहेको र सुशासनको एजेन्डामा समानता रहेको बताएका हुन् । 

उनले कठिन परिस्थितिमा पनि रास्वपासँगै लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेको भन्दै उनले अहिले पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा नेकपाको  पूर्ण समर्थन रहेको धारणा राखे  । 

उनले थिति बसाउन चालिएका कदमहरू विधि सम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने रास्वपा र रास्वपा नेतृत्वको सरकारको पर्याप्त ध्यान पुग्ने विश्वास व्यक्त गरे ।

नेता पुनले दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुने भन्दै राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्ने र अल्पमतले धैर्यता राख्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ०८ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस