रास्वपालाई क्रान्ति, सुशासन र रूपान्तरणमा हाम्रो समर्थन छ : वर्षमान पुन « Khabarhub

रास्वपालाई क्रान्ति, सुशासन र रूपान्तरणमा हाम्रो समर्थन छ : वर्षमान पुन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । 

आइतबार चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा नेकपा रास्वपासँग नजिक रहेको र सुशासनको एजेन्डामा समानता रहेको बताएका हुन् । 

उनले कठिन परिस्थितिमा पनि रास्वपासँगै लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेको भन्दै उनले अहिले पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा नेकपाको  पूर्ण समर्थन रहेको धारणा राखे  । 

उनले थिति बसाउन चालिएका कदमहरू विधि सम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने रास्वपा र रास्वपा नेतृत्वको सरकारको पर्याप्त ध्यान पुग्ने विश्वास व्यक्त गरे ।

नेता पुनले दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुने भन्दै राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्ने र अल्पमतले धैर्यता राख्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ०८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’