बुर्किनाफासो आक्रमणमा १६ सर्वसाधारणको मृत्यु « Khabarhub

बुर्किनाफासो आक्रमणमा १६ सर्वसाधारणको मृत्यु


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बुर्किना फासोमा सन्दिग्ध जिहादीसमूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी सेनाका चार सहयोगीसहित १६ सर्वसाधारणको मृत्यु भएको स्थानीय तथा सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।

बुर्किनाको मध्य–पूर्वी क्षेत्रमा पर्ने कोल्पोन्गोमा मङ्गलबार भएको झडपमा परी १२ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुरक्षा स्रोतले पनि आक्रमण र मृतकको सङ्ख्या पुष्टि गरेको छ ।

सोही दिन अशान्त पश्चिम अफ्रिकी देश बुर्किनाफासोको पश्चिममा रहेको सिरासोमा ‘आतङ्ककारी समूहहरूले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको’ सुरक्षा स्रोतले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार यी दुई आक्रमणको जवाफमा सेनाले चलाएको जवाफी कारबाहीमा करिब एक दर्जन ‘आतङ्ककारी’ पनि मारिएका छन् । जिहादीविरुद्धको लडाइँमा सेनालाई सहयोग गर्ने ‘द भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड’ एक नागरिक स्वयंसेवक बल हो ।

बुर्किना फासोले सन् २०१५ मा छिमेकी देश मालीबाट आएको जिहादी विद्रोहविरुद्ध लडिरहेको छ । गत हप्ता देशको उत्तरी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविरमा भएको आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो ।

बुर्किना फासोमा जिहादी आक्रमणमा परी १७ हजारभन्दा बढी सर्वसाधारण र सैनिकको मृत्यु भएको ‘सशस्त्र द्वन्द्व व्यवस्थापन तथा घटना तथ्याङ्क परियोजना’ नामक गैरसरकारी संस्थाले जनाएको छ ।

देशभित्र २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसले गर्दा यो अफ्रिकाको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटमध्ये एक हो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : २४ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६