कृष्णपुरका किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण « Khabarhub

कृष्णपुरका किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलरमिनीटिलर वितरण गरेको छ । किसानलाई ६९  पावरटिलर र ४६  मिनी पावरटिलर वितरण गरेको हो ।

नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलरमिनीटिलर वितरण गरेको छ । ‘सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतामा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौँ’, नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले भने, ‘दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखिएको छ ।’

उनका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र २३ मिनीटिलर वितरण गरेको छ । सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा १८ वटा पावरटिलर र २३ मिनीटिलर वितरण गरिएको छ । ‘एक पावरटिलरको मूल्य रु एक लाख ७४ हजार पाँच सय र मिनीटिलरको मूल्य ५२ हजार पाँच सय रहेको छ’, शाखा प्रमुख धामीले भने, ‘कुल मूल्यमा किसानले आधा रकम व्यहोरेका छन् ।’

कृषिमा आधुनिकीकरण गर्न, विदेशिने युवालाई कृषि पेसामा संलग्न गराउन र कृषिको लागत खर्च घटाउने उद्देश्यका लागि पावरटिलरमिनीटिलर वितरण गरिएको उनको भनाइ छ । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि कृषि उपकरण वितरणमा जोड दिइएको नगरप्रमुख हेमराज ओझाले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : ४६ बजे

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय

लमजुङमा भूकम्पको धक्का

काठमाडौं-लमजुङमा भूकम्प गएको छ । बन्सार केन्द्रविन्दु भएर बुधबार बेलुका

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा