विराटनगरमा फूलपाती भित्र्याइयो « Khabarhub

विराटनगरमा फूलपाती भित्र्याइयो


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङका विभिन्न ठाँउ लगायत विराटनगरमा बडा दशैँको सतौँ दिन शनिबार परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ ।

विराटनगरको जिल्ला अदालतबाट बाजागाजा सहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउनु अघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दसैँघर स्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो । 

दुर्गा भवानीको प्रतिमा राखिएको दशैँघरमा उखु , अदुवा , बेलपत्र , दारिम ,अशोकको फूल लगायतका नवपत्रिका (फुलपाती) भित्र्याइने) परम्परा रहेको छ । फूलपातीको दिन देखि शक्तिपिठहरुमा पूजाआजाका लागि भिडभाड बढ्ने गर्दछ । यसैगरी मोरङका शक्तिपिठहरुमा पूजाआजा गर्नेको घुँइचो लागेको छ । 

विराटनगरको काली मन्दिरमा सयौं भक्तजनहरूले पूजाआजा गरेका छन् । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ४ : ५२ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ