धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै « Khabarhub

धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– इलाम नगरपालिका–६ पानीट्यांकीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।

एक रोपनी क्षेत्रफलमा डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए। उनका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिनेछ । गुम्बामा धार्मिक पाठशालासमेत रहनेछ । साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका–२ का धनबहादुर गुरुङले एक रोपनी जमिन निःशुल्क उपलब्ध गराउनु भएको हो । साथै उनले नगद रु तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गरेको समितिका अध्यक्ष गुरुङले जानकारी दिए। 

न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ । यसका लागि स्थानीहरू श्रमदानमा समेत जुटेका छन् । बिदाको दिन करिब एक सय माथिको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने जनाइएको छ । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ । साथै विभिन्न व्यक्तिहरूबाट समेत २० लाख माथि रकम संकलन भइसकेको छ । 

तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरूलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ । गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिनेछ । चियाबारी नजिकै भ्यू टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरू थपिने क्रम जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : २० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक