निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फिर्ता « Khabarhub

निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फिर्ता


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीन पटक प्रधानमन्त्री बन्नुभएका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्किएका छन् ।

सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक संकटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी अत्यन्त लोकप्रिय नेता इमरान खान अहिले जेलमा छन् । 

स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे राजधानी इस्लामाबाद टेके। 

‘हामी पूर्णरूपमा निर्वाचनको तयारीमा छौँ’, आफ्नो उडान भर्नुअघि उनले पत्रकारहरूसँग भने, ‘जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ, हामी यस्तो अवस्थामा कसरी आयौँ, यो किन आयो ?’

विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ । गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रियो । 

शरिफले इस्लामाबादपछि अर्को ठूलो सहर लाहोरको भ्रमण गर्नेछन् जहाँ हरियो र पहेँलो पार्टी पोस्टर र ब्यानर बोकेर समर्थकहरू उनको स्वागतका लागि जम्मा भइरहेका छन् । 

एक उच्च अधिकारीका अनुसार ग्रेटर इकबाल पार्कमा सम्भावित भीडलाई नियन्त्रण गर्न सात हजारभन्दा बढी प्रहरीलाई परिचालन गरिएको छ । उक्त पार्कमा शरिफले घर फिर्तीबारे सम्बोधन गर्ने कार्यक्रम छ । 

‘म यहाँ मेरो नेताको स्वागतका लागि आएको छु, महँगी अत्यन्त बढेको छ र गरिब जनता निराश छन्’, १८ वर्षीय राजी उल्लाहले भने, ‘अल्लाहले उनलाई स्वदेश फर्कन र परिस्थितिलाई बदल्न अवसर दिनुभएको छ, उनले पहिला पनि यस्तो गरिसक्नुभएको छ ।’

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ६ : ५७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार