ऐना घरको कुन दिशामा राख्ने ? « Khabarhub

ऐना घरको कुन दिशामा राख्ने ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– ऐना हामी सबैलाई थाहा छ र हामी सबैको घरमा ऐना अवश्य पनि छ नै । वास्तुशास्त्रीले पनि ऐनालाई निकै महत्त्वपूर्ण ठानेको छ । 

वास्तुशास्त्रअनुसार घरमा ऐना राख्ने सही दिशा निर्धारण गरिएको छ । यदि सही दिशामा ऐना राखियो भने उक्त घर परिवारमा सुख, शान्ति समृद्दि छाउने र सबै भन्दा महत्त्वपूर्ण कुरा शत्रुको नास हुने मान्यता रहिआएको छ । 

वास्तुशास्त्रअनुसार ऐना घरको उत्तर, पूर्व र पश्चिम दिशामा राख्नु अत्यन्तै शुभ मानिएको छ । यस दिशामा ऐना राख्दा  उन्नति र लाभ हुनाका साथै धनसम्पत्ति राख्ने दराजमा ऐना राख्दा त्यसले धनलाई बढाउने गर्छ । 

वास्तुशास्त्रका अनुसार ऐनालाई बेड रुममा राख्नु उचित मानिएको छैन । त्यसैगरी ऐना घरको मुख्य ढोका अगाडि राख्न हुँदैन । त्यसो गर्दा ढोकाबाट आउने सकारात्मक ऊर्जा ऐनामा ठोकेर फर्किन्छ । बाथरुमको पनि दक्षिण र पश्चिम भित्तामा ऐना राख्नु हुँदैन ।   

कस्तो ऐना किन्ने त ? 

जहिले पनि ऐना किन्दा त्यसमा कुनै दाग वा खोटो नभएको अनुहार स्पष्ट देखिने किन्नु पर्छ, धमिलो अनुहार देखाउने ऐनाले घरमा रोग बढाउँछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : १९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको