दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खबरहबको दिनभर आजमा एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा : सरकारको गियर बढाउने प्रतिबद्धता, वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी, हमासको आक्रमणमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारबाट १०-१० लाख रुपैयाँ सहयोग, सर्वोच्चका ६ न्यायाधीशको शपथ, संस्कृतिमन्त्री सुदन किरातीको अभिव्यक्तिका कारण तातेको नेपालको राजनीति, कोरोना भाइरसको नयाँ भेरियन्ट र भारतबाट फर्किएका नेपालीमा देखिएको संक्रमण लगायतका समाचार रहनेछन ।

एक वर्ष मात्र कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, सरकारको गियर बढाउने प्रतिबद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले अब सरकारको गियर बढाएर काम गर्ने बताए ।

पार्टीमा अन्तर्घात रोगको मुक्ति मधेशबाटै थालौँ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

आज जनकपुरमा आयोजित कांग्रेसको पहिलो मधेश प्रदेश सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कांग्रेसमा रहेको अन्तर्घात रोग मधेशबाटै अभियान चलाएर मुक्त बनाउनु पर्ने बताए ।

वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाखमा रिक्त रहेका तीनै तहको उपनिर्वाचन गर्ने तयारी भइरहेको बताएका छन् ।

उनले खर्च कम गर्न तीन तहको एकै पटक उपनिर्वाचन गर्ने तयारी गरेको बताए । उनले यो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष समेत राखेको जानकारी दिए ।

संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृतिमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । राप्रपाले बिहीबार विज्ञप्ति जारी गर्दै विवादास्पद अभिव्यक्ति दिएको भन्दै संस्कृतिमन्त्रीलाई बर्खास्त गर्न माग गरेको हो ।

मन्त्री किरातीले “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्‌” भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरि दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।

संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै संगठनले बिहीबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले के-के निर्ण‍य गर्‍यो ?

सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिइन् ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागी राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्यामध्ये शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसङ्ख्यक जातजाती (दलित बाहेक)लाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको शर्माले जानकारी दिइन् ।

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका ६ न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

हमासको आक्रमणमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारले दियो १०/१० लाख

हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार असोज २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत

सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि….

काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ । बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं.६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो । ढोकासँगै रहेका यात्रुले खोलेको बताइएको छ । यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ ।

भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमको गौरिफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।

रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने आयोगको तयारी

राष्ट्रिय योजना आयोगले उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औँ योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश र स्थानीय तहको छलफलका सुझाव आइसकेको जानकारी दिँदै उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर छिटै १६औँ योजना सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएको हो ।

काठमाडौंमाथि बिरगञ्जको सनसनीपूर्ण जित, प्लेअफ रोचक मोडमा

नेपाल सुपर लिग (एनएसएल) मा बिरगञ्ज युनाईटेडले काठमाडौं रेजर्सलाई ४–१ गोल अन्तरले हराएको छ । सनसनीपूर्ण जित निकालेको बिरगञ्जले प्लेअफको गणितिय सम्भावनालाई पनि कायम राखेको छ ।

विलियम ओपोकुको ह्याट्रिकको सहयोगमा बिरगञ्जले प्रतियोगिताकै फराकिलो अन्तरको जित निकाल्यो ।

बिरगञ्जसँगको हारले काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ । काठमाडौंलाई प्लेअफमा छनोट हुन अब आफ्नो नतिजाले मात्र पुग्ने छैन, अरु खेलको नतिजामा समेत भर पर्नुपर्नेछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ९ : ३२ बजे

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई सम्पत्ति ठानेर लगानी गरेँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

घरमा शमीको बिरुवा रोप्दा के हुन्छ ?

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको