नेताहरुले परियोजनामा कमिशनको गिद्धे दृष्टि राख्छन् | Khabarhub Khabarhub

नेताहरुले परियोजनामा कमिशनको गिद्धे दृष्टि राख्छन्

‘व्यवसाय गरेर कर तिरेका मात्रै राजनीतिमा आउनुपर्छ’


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकातिर संकटग्रस्त अर्थतन्त्रको अध्ययन गर्छु भनेर अर्थमन्त्रीले भनेका छन्, अर्कातिर अर्थतन्त्र धरासायी बन्दै छ । र अब यस्तै रहे सरकारले आफ्ना कर्मचारीलाई तलब भत्ता खुवाउनु पनि नसक्ने परिस्थित आइसक्यो भनेर अर्थविद्हरुले भनिरहेका छन् । आखिर देशको अर्थतन्त्रको अवस्था कस्तो छ ? यसलाई सुधार गर्न के गर्नु पर्ला ? यसै विषयमा आधारित भएर राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

अर्थतन्त्रको अहिलेको अवस्था के हो ?
कुनै मान्छे बिरामी भए भन्यो भने उसमा धेरै रोग हुन्छन् नि । त्यस्तै हाम्रा अर्थतन्त्रलाई लागेको रोग के रहेछ त भन्दा अर्थतन्त्रमा तरलता छैन भनेर भन्छन् एक थरीले, बाहिर बस्नेले सबै पैसा नेताले बोरामा राखे भन्छन् । त्यसैले कहाँ के भनेर अध्ययन गर्नु पर्दछ । अहिलेको अर्थतन्त्र एक महिना अगाडि थलिएको थियो, त्यो अहिले सुधार हुँदै गएको छ । अहिले अर्थमन्त्रीले सङ्कटग्रस्त अर्थतन्त्रको अध्ययन गर्छु भनेको राम्रो अभ्यास हो । अर्थमन्त्री आउन साथै सेयर मार्केट पहिला ९० करोडसम्म भएको अहिले ६ अर्ब भन्दा माथि पुगेको छ । त्यसले असल मान्छेका रूपमा उहाँलाई चिनेको भन्ने बुझिन्छ । अझै पनि ढुक्क भएर केही भएको छैन भनेर गयौँ भने यो भन्दा बिग्रिन सक्छ ।

सरकारले बित्तिय व्यवस्थापन गर्न नसकेको कारण यो समस्या आएको हो ?
मासिक रूपले जग्गाको कित्ताकाट गर्ने कुरामा अहिले पनि स्थानीय तहले गर्नुहोस् भनेको छ । तर त्यसलाई चाहिने उपयुक्त साधन छैन । त्यसको लागि भू–उपयोग परिषद् गठन गरियो भने राम्रो हुन्छ । यो तत्कालको लागि बित्तिय समस्याको रूपमा देखिएको छ । तर औद्योगिक, रोजगारी, उत्पादन, व्यापार घाटाको हिसाबले हेर्दा वित्तीय मात्र नभई आर्थिक रूपले पनि संक्रमण भएको देखिन्छ । एउटा कपाल काट्नेले नै २०० रुपैयाँ लिन्छ यो मूल्य निर्धारण हाम्रो सङ्गठन ले नै गर्छ । जसले जे सेवा प्रदान गर्याे उसैले मूल्य तोक्न सक्ने भयो राज्यले त्यहाँ केही गर्दैन । आंशिक रूपले वित्तीय समस्याले नै बिस्तारै आर्थिक समस्याहरूलाई ल्याउन मद्दत गरेको छ ।

निजी क्षेत्रलाई के गर्नु पर्ला अर्थमन्त्रीले ?
बजार व्यवस्थापनमा विश्वास गर्ने हो भने माग र आपूर्तिले नै त्यसको बिन्दु तय गर्दछ भन्ने विश्वासमा जाने हो भने केही महिना ब्याज बढेर जाला तर बैंकहरुले के भन्छन् भने निक्षेपको हामीले एक प्रतिशत घटाउन सक्यौ है भन्छन् । यसलाई कृत्रिम रूपले घटाउनु पर्याे । सुशासनको कुरामा, भन्सारमा राखेका सुरक्षा कर्मीहरूमा काम गरेनौँ भने मुलुकलाई ठुलो क्षति हुन्छ है भनेर बुझ्ने वातावरण सिर्जना गराउनु पर्याे । जसले नीति नियम र नैतिकतालाई आधार मानेर काम गर्ने व्यक्तिलाई अग्रस्थानमा राख्नु पर्याे । समग्र प्रशासनमा भएका बेरुजुलाई र त्यहाँ भएको खर्चलाई अनुसन्धान गर्नुपर्छ । गैर कानुनी काम गर्न कसैलाई छुट हुँदैन । कतिपय उद्योगका व्यक्तिहरू यति शक्तिशाली हुन्छन् कि सिडिओलाई नै नियन्त्रणमा राख्छन्, तर नियमबद्ध ढङ्गले गरेको छ भने त्यो राम्रो हो ।

अर्थतन्त्रमा पुर्ण रूपमा सुधार गर्न के गर्नु पर्ला ?
हामी भु–मण्डलीकरणमा छौँ । हाम्रा संम्भावनाहरु के के हुन् त । हाम्रा पुर्खाहरूले हिजो कसरी जीवन चलाए त । त्यसलाई आधुनिकीकरण गर्नु पर्याे । कृषि र घरेलु उद्योगलाई बढी प्राथमिकतामा राख्नु पर्याे । कुनै पनि परियोजना सुरु गर्दा नेताहरुले नै मैले के पाउँछु छ भनेर गिद्धे दृष्टि भएर झन् समस्या उत्पन्न भएको छ । राजनीति भनेको सेवा हो गर्न सकिँदैन भने राजनीतिमा नआए हुन्छ । राजनीतिमा आउन सानोतिनो व्यवसाय गरेर सरकारलाई ट्याक्स तिरेर आउनु पर्दछ । त्यसरी आउँदा उसले हरेक कुरा थाहा पाएको हुन्छ र त्यो काम गर्न सक्छ ।

कर बढाएर राजस्व बढाउन मिल्दैन ?
स्वतन्त्र रूपले सबै गर्न सकिँदैन । किनभने ग्लोबलाईज भनेर जुन भनियो अन्तर्राष्ट्रिय मुद्रा कोषले डब्ल्युटीओले व्यापारमा अंकुश अंकुश लगाउन पाइँदैन भन्यो । हामी उत्पादन गर्न नसक्नेले त बाहिरबाट ल्याउने हो । र, त्यहाँ त सबल राष्ट्रको अनुमति चाहियो ।

अर्थमन्त्रीलाई के सुझाव दिनु हुन्छ ?
भित्री हाम्रा सम्भावना के–के छन् । त्यो हेर्नु पर्याे हाम्रा स्थानीय आम्दानी के–के होलान् ? त्यता ध्यान दिनु पर्याे । नयाँ गाडी चढेर हिँड्ने हाम्रो प्रचलन छ । जफत गरेका गाडी बाइकहरूलाई प्रक्रिया पुर्‍याएर लिलाम गर्दा आम्दानी हुन्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र खराब काम गर्नेलाई कारबाही गर्दा राम्रो काममा हौसला मिल्छ ।

(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा पुष्पाञ्जली बस्नेतको प्रस्तुति)

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ४६ बजे

भारत- जहाँ दलितले चिहान पनि पाउँदैनन्…

एजेन्सी– ‘हामी आफ्नी हजुरआमाको शव लिएर श्मशान पुग्नासाथ केही मानिसहरू

एनसेल जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

काठमाडौं– दूरसञ्चार व्यवसाय कम्पनी एनसेलसँग जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्कियो, तीन जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

एजेन्सी– बङ्गलादेशमा सरकारी जागिरका लागि भएको हिंसात्मक झडपमा परी मङ्गलबार

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

नारायणगढ– साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज

आजका समाचार : बधाई थाप्दै ओली, सत्ता गुमेपछि समाजवादी मोर्चातिर प्रचण्ड, रवि पुगे सिमलताल

‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’ प्रधानमन्त्री