रुकुम पूर्वमा चामलको माग बढ्यो | Khabarhub Khabarhub

रुकुम पूर्वमा चामलको माग बढ्यो


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुम पूर्वमा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । योभन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन ।

चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर चामल बिक्री सुरु गरिएको छ । जिल्लामा असोजदेखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुमकोटमा स्थापना भएको छ । योभन्दा पहिला शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आवमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।

शाखाबाट असोजदेखि हालसम्म साढे ११ सय क्विन्टल चामल बिक्री भएको छ । रुकुमकोट शाखाबाट मात्रै यति धेरै मात्रामा चामल बिक्री भएको शाखा प्रमुख खड्काले बताए । उनका अनुसार तकसेरा डिपोबाट पनि चामल बिक्री भइरहेको छ । जिल्लामा धान कम फल्ने गर्छ । सिस्ने गाउँपालिकाबाहेक अन्य दुई पालिकामा भने कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्यको चामल धेरै बिक्री हुने गरेको शाखा प्रमुख खड्काको भनाइ छ ।

असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म शाखाबाट सस्तोमा चामल बिक्री वितरण पनि भएको थियो । उक्त समयमा एक क्विन्टलमा रु सात सय छुटमा चामल बिक्री गरिएको शाखा प्रमुख खड्काले बताए । उनका अनुसार सोही अवधिमा मात्रै सात सय क्विन्टल चामल बिक्री भएको थियो ।

शाखाले सहकारीमार्फत गाउँगाउँमा पुगेर चामल बिक्री गर्ने योजना पनि बनाएको छ । जिल्लामा रहेका जुनसुकै सहकारीलाई चामल बिक्री गर्नका लागि आग्रह गरिएको छ । सहकारीले खाद्य शाखासँग सम्झौता गरेमा सदरमकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने छन् ।

टकसेरा डिपोमा भने खाद्यको प्रादेशिक कार्यालयबाट सिधै चामल ढुवानी हुने गरेको छ । तकसेरामा रहेको डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने गरेका छन् । प्रादेशिक कार्यालय भैरहवाले चामलको कोटाअनुसार ठेक्का आह्वान गर्ने र ठेकेदारले तकसेरासम्म ढुवानी गर्ने गरेको रुकुमकोट शाखा प्रमुख खड्काले बताए ।

यो आर्थिक वर्षमा टकसेरा खाद्य डिपोमा सात सय ५० क्विन्टल चामल ढुवानीको ठेक्का परेको र आवश्यक परेमा कोटा थप हुनेछ । हाल जिल्लामा खाद्य शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री भइरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ३६ बजे

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै