महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै | Khabarhub Khabarhub

महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ ।

अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए-नभएको हरेक छ/छ महिनामा अनुगमन गर्ने गरेको छ ।

विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ । त्यसै गरी २०२० मा अस्पतालले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्‍याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत र २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो । गत साता स्वास्थ्य सेवा विभागले अस्पतालमा गरेको अनुगमनले अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ ।

विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भए-नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए । उनले विगतको तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए। ‘हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दिने गरेका छौँ’, उनले भने, ‘अहिले अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, त्यसले गर्दा बिरामीको चाप बढेको छ ।’

उनले सय प्रतिशत पुर्‍याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । ‘हामीले सुविधा सम्पन्न आकस्मिक भवन सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष भट्टले भने, ‘सेवा सुविधा पनि थप हुने प्रक्रियामा छन् ।’ उनले डायलिसिस सेवाका लागि भौतिक संरचना र अन्य उपकरण तयारी अवस्थामा रहेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाउन बाँकी रहेको बताए ।

अस्पतालमा हाल १४ विशेषज्ञ डाक्टर, १२ मेडिकल अफिसर र छ जना डेन्टलले सेवा दिँदै आएका छन् । ‘अस्पतालमा अझै नर्सिङ स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदै छन्’, उनले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौँ ।’

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारका क्रममा भेटिएका नरेश जोशीले अस्पतालमा सहज रूपमा सेवा पाइरहेको बताए । ‘धेरै अगाडि अस्पतालमा आएको थिए, त्यति बेला यहाँ सामान्य उपचार पनि हुन्थेन, धनगढी वा भारत जानु पथ्र्याे’, उनले भने, अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।’ त्यसै गरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताएका छन् ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवा थप गरेको जनाउँदै जनताले घर आँगनमै उपचार पाउने गरेको बताए । ‘एक जना विशेषज्ञ डाक्टर बस्ने अस्पतालमा अहिले १४ जना छन्, त्यस्तै अन्य सुविधा पनि थप भएका छन्’, उनले भने, ‘अस्पतालमा राजनीतिक आग्रह पूर्वाग्रहले गर्दा बेला–बेला विवाद आउने गरेको छ, अस्पतालमा राजनीति गर्नु हुँदैन ।’

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १ : ४६ बजे

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे

धान पसाउने बेलामा बोट सुकेपछि किसान चिन्तित

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी मंसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज