एमाले सांसद पन्तद्वारा विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

एमाले सांसद पन्तद्वारा विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले पछिल्ला समय विदेशी चलखेल बढेको भन्दै विदेशी कूटनीतिज्ञको भेटघाटलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले हालै भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणका विषयबारे प्रश्न उठाएका छन् ।

उनले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई नेपाल भ्रमणका क्रममा अनावश्यक महत्व दिइएको भन्दै प्रश्न उठाएका हुन् । उनले राष्ट्रपतिको चुनावअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई भेटेको प्रति पनि आपत्ती जनाए । राष्ट्र सम्मानलाई अंगिकार गर्दै विदेशी आउँदा हुने भ्रमणलाई नियमन गर्न उनले परराष्ट्र मन्त्रालयलाई आग्रह गरे ।

त्यस्तै पन्तले नेपालको राष्ट्रपति चयनमा भारतका कूटनीतिज्ञहरुले देखाएको चासो प्रति पनि आपत्ती जनाए । बैठकमा उनले नेपालमा राष्ट्रपति को बन्ने भनेर विदेशीले नाम लिनु लाजमर्दो अवस्था भएको टिप्पणी समेत गरे ।

नेपाल मामिलाबारे चासो राख्ने भारतीय बुद्धिजीवी एसडी मुनीको ट्विटप्रति लक्षित गर्दै सांसद पन्तले यस्तो टिप्पणी गरेका हुन् । केही दिनअघि मुनीले ट्वीटरमा देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लिँदै उनीहरु राष्ट्रपतिका लागि उपयुक्त भएको बताएका थिए ।

‘हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायतको तीन चार जनाको नाम यिनीहरु नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ कस्तो दिन आयो ?’ सांसद पन्तले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ०४ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।