प्रदेश सरकारले पारदर्शी भएर काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल « Khabarhub

प्रदेश सरकारले पारदर्शी भएर काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्दै जनतालाई सूचनाको हकको पहुँच बढाउने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘प्रदेशस्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी’ मा उनले राजनीतिक अवस्थाले शासन प्रणालीको निक्र्यौल गर्ने बताए ।

उनले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्ने अवस्था रहेको जनाए । सरकारले जुन समुदायका लागि काम गर्न लागेको छ उक्त समुदायको सहभागितामा काम गर्नुपर्ने उनको भनाइ छ ।

सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सुशासन र पारदर्शीतामा काम गरिरहेको जनाउँदै जनताले सरकारको निगरानी राख्न पनि सूचनाको हक आवश्यक रहेको बताए ।

व्यवस्था नै परिवर्तन भइसक्दा पनि प्रदेशमा सूचनाका लागि पुरानो प्रणाली प्रयोग गर्नु परेको उल्लेख गर्दै आयुक्त मैनालीले अब भने नयाँ कानुन निर्माण गर्न सरकारसमक्ष मागसमेत गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ३२ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा