भैरहवा क्याम्पसमा स्ववियु चुनाव आज : अनेरास्ववियु एक्लै  « Khabarhub

भैरहवा क्याम्पसमा स्ववियु चुनाव आज : अनेरास्ववियु एक्लै 


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जनाले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

पूर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि आज मतदान हुन लागेको छ ।

बिहान ८ बजेदेखि शुरु हुने मतदानमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थीलाई सहभागी गराइने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए ।

स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन (अनेरास्ववियु)ले एक्लै प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानलसहित निर्वाचन जितेको अनेरास्ववियुले हौसिएर सागर न्यौपानेको अध्यक्षतामा यस क्याम्पसमा पनि निर्वाचनमा होमिएको हो ।

न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भीम भण्डारीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन् बलियो उम्मेदवार बनेका छन् ।

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादी पार्टी निकटको विद्यार्थी संगठन अखिल –क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिस्पर्धा गर्दैछन् ।

अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ।

यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अजय भण्डारी , नेकपा माओवादी विप्लव निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै पुरानो क्याम्पसको रुपमा परिचित छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ३५ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द