भैरहवा क्याम्पसमा स्ववियु चुनाव आज : अनेरास्ववियु एक्लै  « Khabarhub

भैरहवा क्याम्पसमा स्ववियु चुनाव आज : अनेरास्ववियु एक्लै 


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जनाले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

पूर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि आज मतदान हुन लागेको छ ।

बिहान ८ बजेदेखि शुरु हुने मतदानमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थीलाई सहभागी गराइने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए ।

स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन (अनेरास्ववियु)ले एक्लै प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानलसहित निर्वाचन जितेको अनेरास्ववियुले हौसिएर सागर न्यौपानेको अध्यक्षतामा यस क्याम्पसमा पनि निर्वाचनमा होमिएको हो ।

न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भीम भण्डारीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन् बलियो उम्मेदवार बनेका छन् ।

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादी पार्टी निकटको विद्यार्थी संगठन अखिल –क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिस्पर्धा गर्दैछन् ।

अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ।

यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अजय भण्डारी , नेकपा माओवादी विप्लव निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै पुरानो क्याम्पसको रुपमा परिचित छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ३५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण