मलेसियाले विदेशी श्रमिक ल्याउन रोजगारदातालाई नयाँ स्वीकृति नदिने « Khabarhub

मलेसियाले विदेशी श्रमिक ल्याउन रोजगारदातालाई नयाँ स्वीकृति नदिने


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसिया सरकारले विदेशी कामदार ल्याउने विषयमा तत्काल रोजगारदातालाई नयाँ स्वीकृति नदिने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले गएको मार्च १४ सम्म विभिन्न कोटामार्फत रोजगारदाताले माग गरेका ९ लाख ९५ हजार ३९६ विदेशी श्रमिकको लागि स्वीकृति दिएको थियो।

अहिलेसम्म स्वीकृत गरेका विदेशी श्रमिकको कोटाले प्रमुख श्रम क्षेत्रका मागहरु पूरा गर्न पर्याप्त हुने भएकाले नयाँ निवेदन लिन र स्वीकृति दिन बन्द गरिएको मानव संसाधन मन्त्री भी शिवकुमारले बताए । ‘स्वीकृत भएका विदेशी श्रमिकको कोटा अहिलेको आवश्यकता पूर्ति गर्न पर्याप्त छन्’,’हामीले स्वीकृति दिइसकेकोलाई ल्याउने हो। कागजात नभएका कामदारहरूलाई पुन: क्यालिब्रेसन योजना अन्तर्गत समेटेका छौँ ।’उनले भने । मन्त्री भी शिवकुमारको भनाइलाई उद्धृत गर्दै मलेसियाको न्युज एजेन्सी बर्णमाले जनाएको छ ।

मलेसियाको सरकारले गत जनवरी १७ देखि यही मार्च ३१ सम्मको लागि विदेशी श्रमिक भर्तीलाई खुकुलो पार्ने योजना ‘पीकेपीपीए’ ल्याएको थियो । तर अवधि सकिनुअगावै मार्च १८ देखि यो योजना अन्तर्गत रोजगारदाताबाट विदेशी श्रमिकको लागि निवेदन लिन र स्वीकृति दिन स्थगित गरिएको हो ।

उत्पादन, निर्माण, प्लान्टेशन, कृषि र सेवामा रेस्टुरेन्ट क्षेत्रको लागि विदेशी श्रमिक ल्याउन पाउने गरी श्रमिक भर्ना नियम खुकुलो बनाएको थियो । यो संख्या महत्वपूर्ण क्षेत्रलगायत सबै क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको माग पूरा गर्न पर्याप्त रहेको कोटा पुगेको बताए।

उनले आ-आफ्नो कोटामा स्वीकृत भएका रोजगारदातालाई तोकिएको अवधिभित्र मलेसिया ल्याउने प्रक्रियालाई तीव्रता दिन आग्रह गर्दै कुल स्वीकृतिको तुलनामा प्रवेश गर्नेको संख्या न्यून रहेको बताए । मलेसियामा विभिन्न पेसा गरी करिब चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको बताइन्छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ५३ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।