चमेलियामा खोज तथा उद्धार अभ्यास, ‘रबरबोट’ परीक्षण « Khabarhub

चमेलियामा खोज तथा उद्धार अभ्यास, ‘रबरबोट’ परीक्षण


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–६ शेरास्थित चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास गरिएको छ । बाढीजन्य विपद्मा उद्धारका लागि पहिलोपटक उपलब्ध भएको ‘रबरबोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो ।

तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई गत फागुनमा ‘रबरबोट’ प्राप्त भएको थियो । बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा उद्धार गर्न अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

रबरबोट परीक्षण गरी आगामी दिनमा तटीय क्षेत्रमा हुने विपद्जन्य घटनामा उद्धारका लागि सहयोग पुर्‍याउने उद्देश्यले अभ्यास गरिएको हो । उनले भने, “रबरबोट प्राप्त भएपछि तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापन गर्न अभ्यास गरिएको छ । रबरबोटको प्रयोगले नदीमा खोजतलास गर्न सहज हुनेछ ।”

प्रदेशबाट आएको सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोलीले चमेलियामा खोज तथा उद्धार अभ्यास गरेको हो । अभ्यासमा दशरथचन्द नगरपालिकाका प्रतिनिधि, रेडक्रस, जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीयलगायतको उपस्थिति थियो । यसका साथै जिल्ला प्रशासनलाई उपलब्ध भएको रबरबोट परीक्षणपश्चात झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीलाई हस्तान्तरण गरिएको छ । झुलाघाटमा रहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले प्रदेशबाट आएको सशस्त्र प्रहरीको तालिमप्राप्त टोलीले महाकालीमा खोज तथा उद्धारको तालिम लिनेछ । त्यसपछि उक्त गोताखोरको टोलीनै विपद्को बेला उद्धारमा खटिनेछ ।

रबरबोटको अभावमा नदीमा फसेकाको उद्धार गर्न यो भन्दा पहिला कठिन हुने गरेको थियो । महाकाली, चमेलियाजस्ता ठूला नदीमा विभिन्न घटना हुने तर ‘रबरबोट’ अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबरबोट’ले सहयोग पुग्ने विश्वास छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद्जन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीको मर्मत गरेर चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ । यसका साथै विपद् पूर्वतयारी र प्रतिकार्य योजनासमेत बनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ०० बजे

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन