झापामा बलेरोको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

झापामा बलेरोको ठक्करबाट एक जनाको मृत्यु


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बलेर ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  मंगलबार राति १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको हो।

सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ।

गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीका प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : २५ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद