मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न « Khabarhub

मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वपश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

लम्बाइका हिसाबले ठूला पुल सम्पन्न भइसकेका र अब निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इन्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए । निर्माणमा जान बाँकी पुलमध्ये बढी लम्बाइको पुल कर्णाली नदीमा निर्माण गर्नुपर्ने छ । त्यसबाहेक अधिकांश कम लम्बाइको हुनसक्ने देखिएको उनले बताए । उनले भने, ‘डेढ–दुई सय मिटरसम्मको पुल हुनसक्छ ।’

चालु आवमा २४ किमी सडक कालोपत्रसँगै १० पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । हालसम्म चार पुल सम्पन्न भइसकेको र अरूमा निर्माण भइरहेको उनले बताए । पहिले निर्माण भइसकेका सडकलाई स्तरोन्नति गर्ने गरी सुरु भएको राजमार्गमा ठाउँ ठाउँमा अरू सडकमा जोडिने भएको छ । अरू राजमार्ग कम चौडाइका भएमा त्यसलाई पनि मदन भण्डारीको स्तरमा स्तरोन्नति गरिने योजना रहेको इन्जिनियर तिमल्सिनाले जानकारी दिए ।

अहिले एक लेन (तीन दशमलव पाँच मिटर चौडाइ) वा इन्टरमेडिएट (पाँच दशमलव पाँच मिटर चौडाइ) को पुल भएमा तिनको पनि भविष्यमा राजमार्गको स्तरमा स्तरोन्नति हुनसक्ने उनले बताए । उनले भने, ‘अहिले भर्खरै चलिरहेको पुल भएमा त्यहाँको सवारी साधनको चापका आधारमा आवश्यक देखिएमा काम हुन सक्नेछ ।’

चालु आवमा राजमार्गका लागि सरकारले दुई अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले प्राथमिकता प्राप्त आयोजना (पिवान) का रूपमा अघि बढाइरहेको सो आयोजनाको जम्मा लम्बाइ एक हजार तीन सय ९० किमी रहेको छ । जम्मा लम्बाइमध्ये निर्देशनालयले सात सय ४० किमी सडक निर्माण गर्ने भएको छ भने बाँकी अरू निकायबाट निर्माण भएको छ ।

सो राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा समेत हेरिएको छ । सरकारले पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको चाप बढिरहँदा चारदेखि छ लेनमा विस्तार गरिरहेको छ । राजमार्गको विकल्पका रूपमा यो राजमार्गले पनि पूर्व–पश्चिम राजमार्गको चाप कम गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ३ : २० बजे

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ