आईपीएल : हैदरावादमाथि चेन्नाईको शानदार जित « Khabarhub

आईपीएल : हैदरावादमाथि चेन्नाईको शानदार जित


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले चौंथो जित दर्ता गरेको छ ।

शुक्रबार राति घरेलु मैदान एम ए चितम्बरममा भएको खेलमा चेन्नाईले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ३५ रनको मध्यम लक्ष्य चेन्नाईले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो ।

चेन्नाईको जितमा ओपनर डेभन कन्वेले विष्फोटक ब्याटिङ गरे । ५७ बल खेलेका उनले ७७ रनको अर्धशतकीय ईनिङ बनाएका हुन् ।

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएको थियो ।

हैदरावादका लागि अभिषेक शर्माले २६ बलमा ३४ रन बनाए । उसका लागि यो नै सर्वाधिक स्कोर बनेको थियो ।

चेन्नाईका लागि रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना, महेश थिक्सना र आकाश सिंहले समान एकएक विकेट हात पारे ।

चेन्नाई ८ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । हैदरावाद तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ३४ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र