आईपीएल : हैदरावादमाथि चेन्नाईको शानदार जित « Khabarhub

आईपीएल : हैदरावादमाथि चेन्नाईको शानदार जित


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले चौंथो जित दर्ता गरेको छ ।

शुक्रबार राति घरेलु मैदान एम ए चितम्बरममा भएको खेलमा चेन्नाईले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले दिएको १ सय ३५ रनको मध्यम लक्ष्य चेन्नाईले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो ।

चेन्नाईको जितमा ओपनर डेभन कन्वेले विष्फोटक ब्याटिङ गरे । ५७ बल खेलेका उनले ७७ रनको अर्धशतकीय ईनिङ बनाएका हुन् ।

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएको थियो ।

हैदरावादका लागि अभिषेक शर्माले २६ बलमा ३४ रन बनाए । उसका लागि यो नै सर्वाधिक स्कोर बनेको थियो ।

चेन्नाईका लागि रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना, महेश थिक्सना र आकाश सिंहले समान एकएक विकेट हात पारे ।

चेन्नाई ८ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । हैदरावाद तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ३४ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल