आजको मौसम: पहाडी भूभागमा वर्षा, तराईमा हावाहुरी  « Khabarhub

आजको मौसम: पहाडी भूभागमा वर्षा, तराईमा हावाहुरी 


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : ५१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल