चितवन –२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

चितवन –२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ ।

तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्नेलगायतका काम सम्पन्न गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् ।

उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जरी विज्ञप्तिमा निर्वाचनको दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा सवारीमा रोक लगाइएको छ । उपनिर्वाचन सीमित क्षेत्रमा हुने भएकाले सुरक्षका लागि यो व्यवस्था गरिएको हो ।

निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्रभित्र मदिरा बिक्री वितरणका लागि रोक लगाइएको छ । यही वैशाख ७ गते रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सो क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ५२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार