महिलालाई बेपत्ता पार्ने पाटेबाघलाई नियन्त्रणमा लिइयो | Khabarhub Khabarhub

महिलालाई बेपत्ता पार्ने पाटेबाघलाई नियन्त्रणमा लिइयो


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ ।

बाघको आक्रमणबाट शुक्रबार बेलौरी –८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो । प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो । टोली पुग्नुुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको जानकारी दिँदै महिलाको अवस्था भने अज्ञात रहेको बताए।

“बाघ नियन्त्रणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लैजाने कुरो थियो”, उनले भने, “बेपत्ता महिलाको खोजीमा प्रहरी र स्थानीयवासी सक्रिय छन् ।” चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए ।

घटनाबारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपपछि प्रहरी र वनको टोली पचुँइ पुगेको थियो । बाघ नियन्त्रणका लागि बर्दिया र शुक्लाफाँटा निकुञ्जको टोली शुक्रबार बेलुकीदेखि नै खटिएको थियो । सोही टोलीले चार वटा हात्तीको सहारामा पचुँइको खप्टी नाला छेउछाउबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको जानकारी दिएका छन् । “आवश्यक प्रक्रिया पूरा गर्नुका साथै केही समय बाघलाई निगरानीमै राख्छौँ”, उनले भनेयो, “पछि माथि विभागको निर्देशनअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ”, केही समययता कञ्चनपुरको दक्षिण क्षेत्रमा बाघ नियमित बस्ती वरपर देखिन थालेपछि वन कार्यालयले पनि यहाँ विभिन्न स्थानमा स्वभालित क्यामेरा जडान गरेर निगरानी गरिरहेकै बेला शुक्रबार उक्त घटना हुन पुगेको हो ।

केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि दक्षिण क्षेत्रमा निगरानी बढाइँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ११ : १६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर