बागलुङमा बाढीपहिरोमा परी ७५ जनाको मृत्यु, सोह्र अझै बेपत्ता « Khabarhub

बागलुङमा बाढीपहिरोमा परी ७५ जनाको मृत्यु, सोह्र अझै बेपत्ता


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा हरेक वर्ष बाढीपहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिरोले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ ।

जिल्लामा बर्सेनि पहिराका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्यांकले छ । पन्ध्र वर्षयताको बाढीपहिरोको तथ्यांक हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । विसं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ । 

पन्ध्र वर्षको अवधिमा पहिराबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ । हालको बडिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वालिचौरमा  विसं २०६४ मा गएको पहिरामा परी २९ जनाले ज्यान गुमाएका थिए ।  पहिरामा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन–९ मा विसं २०७७ मा गएको पहिराले जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति गरेको छ । उक्त पहिरामा परी २३ जनाको मृत्यु भएको थियो । पन्ध्र जना बेपत्ता छन् । 

बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिराको प्रकोप एक नंमा परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ । 

विसं २०७५ असार ११ गते बरेङ गाउँपालिका–१ धुल्लुबासकोटको पहिरामा दुई, २०७५ साउन ३० गते निसीखोला गाउँपालिका–३ मा पहिरो गई घर पुरिँदा तीनजनाको मृत्यु भएको थियो । मनसुन आपतकालीन योजनामा समावेश तथ्यांकअनुसार २०७६ साल साउन ७ गते गलकोट नगरपालिका–८ ज्यामिरेको पहिरामा एक, २०७६ साउन २० गते तमानखोला गाउँपालिका–४ लाम्मेला शिवपुरीमा पहिरो गई तीनजनाको मृत्यु भएको उल्लेख छ ।

जिल्लाको काठेखोला गाउँपालिका–४ मा २०७७ साल असार ६ गते पहिरो गई एक, २०७७ साउन १० बागलुङ नगरपालिका–१ मा आएको पहिराले पुरिएर एकजनाको मृत्यु र एक बेपत्ता भएका थिए । निसीखोला–१ मा २०७७ साउन १२ गतेको पहिराले एकजना सोही दिन तमानखोला–२ मा आएको पहिरामा परी दुई, २०७७ साउन ३० गते निसीखोला–३ का एकजना र निसीखोला–५ का दुईजनाको मृत्यु भएको थियो । 

ढोरपाटन–२ मा २०७७ साल भदौ ९ मा एक, ढोरपाटन–१० मा भदौ १६ गते आएको बाढीपहिराले एकको मृत्यु भएको थियो । विसं २०७७ कै भदौ २७ मा बडिगाड–१० मा एक, भदौ २८ र २९ गतेको पहिरामा परी जैमिनी–२ मा दुई र वडा नं ५ मा एकजनाको मृत्यु भएको थियो । समग्रमा २०७७ सालमा बागलुङमा ४० जनाको बाढीपहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढीपहिरामा बेपत्ता भएको थिए । विसं २०७८ असारको वर्षाका कारण बागलुङ-कुश्मिसेरा सडकको गलुवा खण्डमा पहिराबाट क्षतिग्रस्त सडक साउन ३ गतेदेखि सञ्चालन गरिएको थियो ।  

गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरिका तीन हजार पाँच सय कृषकको चार सय १० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा समेत प्रभाव पारेको थियो । एकचालीस कृषकको एक सय चार रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भएको थियो । पहिराले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थातथलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १ : २८ बजे

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक