जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक र नन्दले जिते पदक « Khabarhub

जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अशोक र नन्दले जिते पदक


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानको ओसाकामा भएको जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका तेक्वान्दो खेलाडीद्वय अशोक खड्का र नन्द विष्टले पदक हात पारेका छन् ।

शनिबार ओसाकास्थित सकाई सिटीमा भएको प्रतियोगिताको ब्ल्याकबेल्ट ४० वर्ष उमेर समूहको पुम्से प्रतिस्पर्धामा उनीहरूले पदक जितेका हुन् । खड्काले ६.२७ अंक बटुल्दै रजत पदक जित्दा विष्टले ६.१० अंक लिएर कांस्य जितेका थिए । 

उक्त प्रतियोगितामा २४ राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।

यसैगरी खड्काले ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । खड्काले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ७ : ४२ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि