ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र) पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको बताएकी छिन् ।

ईद पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरिन् ।

“ईद उल फित्र पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु¥याएको छ । सामाजिक र सांस्कृतिक विविधतामा जनताबीच कायम हुने एकता नै नेपालको राष्ट्रिय सामथ्र्य हो । यसै एकताको भावनाले नै आपसी सहिष्णुता र सहयोग प्रवद्र्धन गर्दै नेपाललाई प्रगतिको बाटोमा अगाडि बढाउन सकिन्छ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले यस पर्वले नेपाली जनताबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासमेत व्यक्त गरिन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : २० बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि